Chairman's Message

अध्यक्षको मन्तव्य

काठमाण्डौ उपत्यका सहित देशका प्रमुख शहरहरुको फोहरमैला व्यवस्थापनमा विगत दुई दशकदेखीे निजीक्षेत्रका विभिन्न संस्था÷कम्पनीहरुको संलग्नता रहँदै आएको छ । फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षणको क्षेत्रमा क्रियाशिल निजि क्षेत्रका संघ संस्था तथा प्राईभेट कम्पनीहरुले प्राप्त गरेका अनुभव, सूचना तथा प्रविधिकोे आदान प्रदान एवं आधुनिक प्रविधिको विकास र विस्तार गरी फोहरमैला व्यवस्थापनको क्षेत्रमा रहेका विद्यमान समस्याहरुको दिगो समाधानका लागि सहयोग पु¥याउन निजिक्षेत्रका संघ, संस्थाहरुको प्रतिनिधित्व गर्न साझा संस्थाको रुपमा यस संघको स्थापना भएको हो ।

काठमाण्डौं उपत्यकामा मात्र करिव १०० वटा संस्था÷कम्पनीहरुमा करिब ३,००० मजदुर कर्मचारी र फोहर ढुवानीका लागि साना ठूला करीव १५० वटा ट्रक÷टिपर र फोहर संकलनका लागि अन्य ट्रक, टिपर, रिक्सा, गाडा, डोजर लगाएतका साधनहरुको व्यवस्था गरि फोहरमैला व्यवस्थापनको काम गर्दै आएको छ । काठमाण्डौं उपत्यका भित्रका महानगरपालिका क्षेत्रमा करिब ७० प्रतिशत र अन्य नगरपालिकभ क्षेत्रमा शतप्रतिशत फोहरमैला संकलन र स्थानान्तरणको काम निजीक्षेत्रबाट भईरहेको छ । 

जनसहभागितामा आधारित कार्यक्रम मार्फत अभियानको रुपमा संचालित फोहरमैला व्यवस्थापनको यस कार्यमा करिब एक अर्बको लगानी रहेको छ । फोहरमैला व्यवस्थापन सम्बन्धि स्पष्ट नीतिको अभावका कारण यस क्षेत्रमा निजिक्षेत्रबाट भएको लगानी तथा योगदानको उचित मुल्याङ्कन नभएको, उपलिब्धीहरुलाई संस्थागत गर्न स्पष्ट कार्ययोजना निर्माण गर्न नसकिएकोे, क्रियाशिल मजदुर तथा कर्मचारीहरुको रोजगारीको सुनिश्चितता नभएको जस्ता कारणहरुले नीजिक्षेत्रलाई दिगो योजनाका साथ काम गर्ने वातावरण नहुँदा आशातित सफलता प्राप्त हुन नसकेता पनि फोहरमैला व्यवस्थापनमा जनसहभागिता बढाउन र फोहरमैला व्यवस्थापनमा भईरहेको सरकारी खर्चलाई उल्लेखनिय रुपमा घटाउन सफल भएको छ ।

फोहरमैला व्यवस्थापनको कामलाई सम्मानित कामको रुपमा विकास गर्न, समुदायको सहभागिता बढाउन र पूर्वाधार सहितको दिगो व्यवस्थापन विधिको अवलम्बन गरी निजीक्षेत्रलाई दिगो योजनाका साथ काम गर्ने वातावरण बनाउन फोहरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय नीतिको आवश्यकता महशुस गएिको छ । यसका लागी सरकार र सरोकारवाला नियकायहरुले फौहरमैला व्यवस्थापनको कामलाई प्राथमिकताको पहिलो सुचिमा राखी कार्य गर्नु आवश्यक छ । यस क्षेत्रमा रहेका समस्याहरु समाधानको लागी यस संघले विभिन्न गोष्ठी, छलफल, कार्यक्रम तथा विभिन्न क्रियाकलाप मार्फत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदै आएको छ । अतः फोहरमैला व्यवस्थापनमा क्रियाशिल सबै संघ संस्थाहरुलाई अझ एकताबद्ध भई आवश्यक भुमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछु । साथै फोहरमैला व्यवस्थापन र सर सफाई कार्य हामी सबैको जिम्मेवारी भएकोले यस कार्यलाई जिम्मेवारी र प्राथमिकतामा राखी आफ्नो बानी र व्यवहारलाई परीवर्तन गर्दै सिंगो राष्ट्रलाई सफा सुन्दर राष्ट्रको रुपमा विश्वमा चिनाउन आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सम्पूर्ण नागरिक समाज र आम समुदायमा हार्दिक अनुरोध गर्दछु ।

जय वातावरण ! जय सरसफाई !!

धनप्रसाद आचर्य (ध्रुव)

अध्यक्ष