फोहरमैला व्यवस्थापन संघ नेपाल (स्वमान्)
Solid Waste Management Association Nepal (SWMAN)
फोहरमैला व्यवस्थापनमा सबैको योगदान, सभ्य समाज, स्वच्छ वातावरण हाम्रो अभियान
“फोहरमैला व्यवस्थापन र वातावरण संरक्षणका कार्यक्रमहरुमा हातेमालो गरौं, पूर्वाधार सहितको फोहरमैला व्यवस्थापन प्रणालीको विकास गर्न सहयोग गरौं”
Previous
Next

परिचय

फोहरमैला व्यवस्थापन तथा वातावरण सुधारको क्षेत्रमा क्रियाशिल निजि क्षेत्रका संघ संस्था तथा प्राईभेट कम्पनीहरुले प्राप्त गरेका अनुभव, सूचना तथा प्रविधिकोे आदान प्रदान एवं आधुनिक प्रविधिको विकास र विस्तार गरि फोहरमैला व्यवस्थापनको क्षेत्रमा रहेका विद्यमान समस्याहरुको समाधानका लागि सहयोग पु¥याउन निजिक्षेत्रका संघ, संस्थाहरुको प्रतिनिधित्व गर्न साझा संस्थाको रुपमा यस संघको स्थापना भएको हो ।

उद्देश्य

फोहरमैला व्यवस्थापन र वातावरण संरक्षणका लागि क्रियाशिल संघ संस्थाहरु विच सूचना र प्रविधिको आदान प्रदान गर्न आवश्यक सहयोग गर्ने । फोहरमैला व्यवस्थापनमा निजीक्षेत्रबाट भएका कामहरु गुणस्तरिय, विश्वसनिय बनाउन आवश्यक समन्वय गर्ने ।

कार्यक्रमहरु

जनचेतना अभिवृद्धी कार्यक्रम

वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनमा जनसहभागिता बढाउन विभिन्न किसिमका ¥याली, सार्वजनिक स्थलहरुको सरसफाई, बृक्षारोपण, नदी सरसफाई जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ , विश्व वातावरण दिवस, विश्व पानी दिवस, विश्व पृथ्वी दिवस जस्ता विशेष दिनहरुमा विशेष कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

फोहरमैला संकलन कार्यक्रम

फोहरमैला संकलन कार्यक्रम काठमाण्डौ उपत्यकाको फोहरमैलाव्यवस्थापनमा विगतदुई दशकदेखीे विभिन्न संस्था÷कम्पनीहरुको संलग्नता रहँदै आएको छ । हाल करिव ७० वटा संस्था÷कम्पनीमा करिब ३,००० मजदुर कर्मचारी र फोहर संकलनका लागि टिपर, ट्याक्टर, रिक्सा, गाडा, लगाएतका साधनहरुको प्रयोग गरी फोहरमैला संकलनको काम गर्र्दै आएको छ । काठमाण्डौं महानगरपालिका ललितपुर महानगरपालिका भित्र करिब ७० प्रतिशत र अन्य नगरपालिकाहरुको शतप्रतिशत फोहरमैला संकलनको काम निजीक्षेत्रबाट भईरहेको छ ।

फोहरमैला स्थानातरण कार्यक्रम

निजीक्षेत्रबाट संकलित फोहरमैला सिसडोल स्थित ल्याण्डफिल साईटमा स्थानान्तरण गर्ने गरिएको छ यस कार्यका लागी फोहर ढुवानीका साना ठूला करीव १०० वटा टिपरहरुको प्रयोग गरिएको छ । फोहर ढुवानी गर्दा वातावरणलाई असर नपर्ने गरि व्यवस्थित ढंगले ढुवानी गर्न संघले आवश्यक समन्वय गरिरहेको छ ।

क्षमता विकास कार्यक्रम

वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन सम्बन्धि आयोजना भएका विभिन्न छलफल, अन्र्तक्रिया तथा तालिमहरुमा प्रतिनिधिहरु सहभागि हुने र संघको आयोजनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी सदस्य संस्थाहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल र अन्र्तक्रिया गर्ने, सदस्य संस्थाहरुको क्षमता विकासको लागि संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको लागि आवश्यकता अनुसारका तालिम, अवलोकन भ्रमण आदी कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

प्रतिनिधित्व र पहलकदमी

फोहरमैला व्यवस्थापनमा भईरहेको कार्यहरु दिर्घकालिन योजनाका साथ काम गर्ने वातावरण तयार गर्न, संस्थाहरु मार्फत संचालित कार्यक्रमहरुको निरन्तरता र फोहरमैला व्यवस्थापनका लागी प्रभावकारी राष्ट्रिय नीति निर्माणका लागी आवश्यक पहल गर्न विभिन्न संघ संस्था तथा निकायहरुसँग सहकार्य गरी आवश्यक पहल र प्रतिनिधित्व गर्दै आएको छ ।

उपलब्धी

जनसहभागितामा आधारित फोहरमैला व्यवस्थापन कार्यक्रमले फोहर व्यवस्थापनमा जनसहभागिता बढाउनुको साथै सडक चोक गल्लीहरु सफा भएका छन्, वातावरण संतुलनमा राख्नमा सहयोग पुगेको छ, जनस्वास्थयमा पर्ने असर न्यूनिकरण भएको छ, रोजगारीको अवसर सिर्जना भएको छ भने फोहरमैला व्यवस्थापनमा स्थानिय तहबाट हुँदै आएको खर्चमा कटौती भई नगरपालिकाहरुलाई आर्थिकरुपमा समेत सहयोग पुगेको छ ।

Message From Chairman